Buddhist Community Centre Kent UK

Responsive Header

Buddhist Community Centre Kent UK

2569th Buddha Jayanti Celebration at Palri Ring Gumba, Ashord, Kent – BCC Kent

Trustee member Sujan Tamang Ashford

१० मे २०२५ मा BCC KENT UK द्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा बेलायतवासी नेपालीहरुले भगवान बुद्धको जन्मदिन श्रद्दा पुर्वक पुजा आरधना गरि मनाएका थिए। आश्फोर्ड केन्ट्मा अवस्थित सेन्ट साइमन हलमा भएको जन्म जयन्ती कार्यक्रममा बौद्द धार्मिक गुरुहरुले विधिपुर्वक पुजा पाठ गर्नुभएको थियो। मुख्यतय २५६९ औ बुद्ध जयन्ति कार्यक्रममा कुठुई गणचक्र पुजा, धर्मदेशना तथा बुद्ध अभिताभको दिर्घायु एवम वाङ्ग अभिषेक कार्यक्रमको आयोजना गरीएको थियो। श्रद्देय गुरु खेन रिन्पोछे थुब्तेन येशे (शिर लामा गुरुङ) ज्यु र श्रद्देय गुरु सोनाम रिन्पोछे ज्युले माहायनी बौद्द परम्परा अनुशार उपस्थित श्रद्दालु भक्तजनहरुलाई पुण्य संचय गर्ने अवसर प्रदान गर्नु भएको थियो।

पुर्व निर्धारित समय अनुसार बिहान १० बजेको समयमा श्रद्देय गुरु शिर लामा ज्युको आगमन भ्ए लगत्तै, समितिका सम्पूर्ण सद्स्यहरु लगायत उपस्थित भक्तजनहरुले सम्मान र श्रद्दा पुर्वक गुरुको स्वागत गर्नुहुँदै कार्यक्रम भवनको मुख्य प्रवेश द्वार बाट सवार गराइ मन्चमा आशण ग्रहण गराउनु भएको थियो।
BCC KENT UK का वर्तामान अध्यक्ष श्री निम्तेन्जी शेर्पा र आमा समुहका अध्यक्ष श्रीमति दुर्गा गुरुङले सयुंक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक रुपमा उदघाटन् गर्नु भएको थियो । सस्थाका सहसचिव एवम सो कार्यक्रमका संचालिका श्रीमती ज्ञानु/कमला गुरुङ ज्युले कार्यक्रम औपचारिक रुपमा अगाडि बढेको जानकारी गराउनु भ्एको थियो।

बुद्दम शरणम गच्छामी, धम्मम शरणम गच्छामी, संघम शरणम गच्छामी मन्त्रलाई उच्चारण गर्नुहुदै संस्थाका उपाध्यक्ष श्री रक्षा बहादुर योन्जन तामाङ् ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो। वहाँले गुरुहरु,सस्थाका वर्तमान र पुर्व विशिस्ट व्यक्तिहरु लगायत बिभिन्न संघ सस्था बाट प्रधिनिधित्व गर्नुहुने महानुभावहरुलाई सम्बोधन गर्नुभएको थियो। २५६९ औ भगवान बुद्दको जन्मजयन्ति मनाउनको लागी उपस्थित सम्पूर्ण श्रद्दालु भक्तजनहरुलाई स्वागत एवम विषेश धन्यवाद दिनुभएको थियो। सस्थाका सचिव श्री भिष्माराज गुरुङ ज्युले Health and Safety को बारेमा जानकारी गराउनु हुँदै कुनै पनि दुर्घटना बाट बाँच्न र बच्नको लागी अपनाउनु पर्ने आधारभुत विधिहरुको बारेमा सचेत गराउनु भएको थियो। BCC KENT UK का पुर्व अध्यक्ष श्रीमती शान्ती स्याङबो तामाङ् ज्यु सँगको भलाकुसरी गर्ने क्रममा भगवान बुद्दको जन्मजयन्तिले नेपाल र सम्पूर्ण नेपालीहरु विचमा भाईचारा बढाउनको साथै आत्मियता कायम गराउन मद्घत गराउने धारणा राख्नु भएको थियो। भगवान बुद्दले नेपालको शिर सदैव उच्च राख्न मद्घत गराउने एक मात्रा प्रमुख चिनारी भ्एको हुँदा वहाको जन्मजयन्ति मनाउन पाउनु हामी मानव जातीहरुको सौभाग्य भएको र यो पावन अवसरलाई आशिर्वाद स्वरुप ग्रहण गर्नसके पुण्य मिल्ने विचार व्यक्त गर्नुभएको थियो। यसैगरी निवर्तमान अध्यक्ष श्री रनधोज गुरुङ ज्युले BCC KENT का वर्तमान कार्यसमितीमा देखिएको सकरात्मक् उर्जाले गर्दा केन्टमा भविष्यमा छिट्टै गुम्बा सम्पन्न भइ सेवा प्रदान गर्ने कुरमा आफु विश्वस्त रहेको बताउनु भयो। समाचार सम्प्रेक्षण गर्ने दौडानमा एकजना भगवान बुद्दको आस्थावान असल भक्त श्रीमती दिलु गुरुङ ज्युले बेलायतमा हामी सम्पूर्ण नेपालीहरु जम्मा भएर भगवान बुद्दको जन्मजयन्ती मनाउन पाउनु धार्मिक र सास्कृतिक रुपमा अत्यन्तै एतिहासिक दिन भएको बताउनु हुँदै खुशी व्यक्त गर्नु भएको थियो। कार्यक्रमको अवधिमा भगवान बुद्दको जन्मजयन्ति र परिनिर्वणा एकै दिनमा भएको हुँदा भगवान बुद्दको मन्त्रहरु वाचन गर्नुहुँदै खेन रिन्पोछे थुप्तेन येशे ज्युले प्रवचन् दिनु भएको थियो।

सस्थाका सम्पूर्ण सद्स्यहरुको सक्रिय सहभागीता र दक्ष कार्यशैलीको कारण कार्यक्रम अत्यन्तै शहोर्दापुर्ण बातावरणमा संचलान भैरहेको देख्न सकिन्थ्यो। सस्थाको कोष्ध्यक्ष श्री बलराम गुरुङ ज्युले स्थापना कालदेखी हालसम्मको संस्थाको खर्च र वचत भएको रकम विवरण छोटकरिमा पेश गर्नुभएको थियो। वहाँले श्रद्दालु भक्तजनहरु बाट प्राप्त भएको रकम बारे जानकारी गराउदै धेरैजना नयाँ ट्रस्टी सदस्यहरु थपिएको हुँदा खुशी व्यक्त गर्नुभएको थियो। यसैगरी उपाध्यक्ष गणेश गुरुङ ज्युले विभिन्न संघ सस्था लगायत व्यक्ति विषेशहरु बाट प्राप्त भएको सहयोग बारे उल्लेख गर्नुभएको थियो। कार्यक्रम संचलिका ज्ञानु/ कमला गुरुङले नयाँ ट्रस्टी बन्नु भएको व्यक्तिहरुको नामवली पढेर सुनाउनु भएको थियो।

कार्यक्रमको मुख्य भागमा प्रवेश गर्नुहुँदै अमिताव बुद्दको आराधना,आयु गणचक्र पूजा विधिपुर्वक खेन रिन्पोछे थुब्तेन येशे (शिर लामा गुरुङ) ज्यु को नेतिर्त्वमा सम्पन्न भएको थियो। बेलायतको केन्ट्मा पर्लिङ गुम्बा निर्माणको लागी प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण माहानुभवलाई विषेश धन्यवाद व्यक्त गर्नुभएको थियो। शान्तीभुमी वा बुद्दभुमीका नागरिक भनेर भन्न् पाउद हामी नेपालीहरुको शिर विश्व सामु उच्च हुने कुरा बताउनु भएको थियो। यसैगरी भगवान बुद्दको जन्म र परिनिर्वणा बारेमा जानकारी गराउनु भएको थियो।कथा दन्त्य कथा लगायत विविध एतिहासिक धार्मिक र सास्कृतिक तथ्यहरुको आधरमा भगवान बुद्दको जन्म एवम वहाँले दिनुभएको शिक्षाको महत्व बारेमा निकै रोचक ढंगले भक्तजनहरुलाई ज्ञान प्रदान गर्नुभएको थियो। जुनसुकै कार्य चुनौतीपूर्ण हुने गर्दा सबैजना एक्यवद्दता भएर गुम्बा निर्माण कार्यमा जुटी रहन सबैजनालाई अनुरोध गर्नुभएको थियो। मानिसले शान्ती पुर्वक,अर्थपूर्ण जीवन यापन गर्नको लागी भगवान बुद्दको मार्ग अनूशरण् गर्न सके जीवन सरल ढंगले ज्युन सकिन्छ र यही नै बुद्दको मार्ग हो भन्ने कुरा सरल भाषामा प्रस्ट्याउनु भएको थियो। वहाँले प्रवचनकै क्रममा कुनैपनि व्यक्ती नैतीकवान चरित्रवान र अनुशासित हुनको लागी बुद्द शिक्षा अपरिहार्य भएको र यसलाई व्यवहारिक् जिवनमा प्रयोगमा ल्याउन सल्हाह सुझाब दिनुभएको थियो।

पार्लिङ गुम्बा निर्माणको लागी नयाँ ट्रस्टी बन्नु भएका सम्पूर्ण महानुभवहरुलाई गुरु बाट सम्मान पत्र हस्तान्तरण् गर्नु भएको थियो। सम्मान पत्र हस्तान्तरण् गरे लगत्तै सम्पूर्ण भक्तजनहरुलाई गुरुको हात बाट अभिषेक वाङ ग्रहण गर्ने अवसर प्रदान गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री निम्तेन्जी शेर्पा ज्युले आफ्नो मन्तव्य राख्नु हुँदै शान्तिको अग्रनायक भगवान बुद्दको जन्मजयन्ति मनाउनका लागी उपस्थिति हुनु भएका सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। आजको कार्यक्रम सफलता पुर्वक सम्पन भएको र यस् बुद्द जयन्ती कार्यक्रमलाई सफल बनाउनको निमित्त सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि हातहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

Click here to view all other photos of the event!

Leave a Comment

Your email address will not be published. Required fields are marked *