२०२५ जुन २९ मा, BCC Kent परिवारले बौद्ध गुम्बा निर्माणको तयारी अन्तर्गत BCCUK (Aldershot गुम्बा) मा स्थलगत अवलोकन (recce) यात्रा सम्पन्न गर्यो।
हाल BCC Kent द्वारा गुम्बा खरिद गरी निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। करिब ७०% निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी कार्य पनि निरन्तर प्रगतिको बाटोमा छ। गुम्बा निर्माणको क्रममा कोषमा उपलब्ध रकम, निर्माण समितिको लक्ष्य, र ठेकेदारको कार्यक्षमतालाई ध्यानमा राखेर योजना निर्माण भइरहेको छ। हामीले निर्माण गर्न लागेको गुम्बा केवल एक भौतिक संरचना मात्र नभई, भगवान बुद्धको ज्ञान, शिक्षा, र उहाँले देखाउनुभएको मार्गदर्शनलाई प्रचार–प्रसार तथा मनन गर्ने पवित्र स्थल बन्ने उद्देश्य राखिएको छ ।
BCCUK Aldershort गुम्बामा पुगिसकेपछि बिसिसि केन्टको सचिव भिस्म गुरुङज्यूको अगुवाइमा सम्पूर्ण नाप–जाँच कार्य, सामग्री रचनाको जानकारी, र उपयुक्त सल्लाह–सुझाव प्राप्त गरियो। लगभग २ घण्टा लामो Recce को क्रममा, हामीले:
• आन्तरिक सजावट,
• मूर्ति स्थान,
• पूजा सामग्रीहरूको व्यवस्था,
• ध्यान र पाठ कक्षको स्वरूप आदिको गहिरो अध्ययन गरियो ।
यो स्थलगत अवलोकनबाट BCC Kent परिवारलाई धेरै प्रेरणा, स्पष्टता र आत्मबल प्राप्त भएको छ। गुम्बा केवल ईंट र ढुंगा मात्र होइन, आत्माको विश्राम स्थल हो भन्ने अनुभूति सबैको मनमा परेको थियो। अब हाम्रो गुम्बा निर्माण कार्य अझ योजनाबद्ध र समर्पणयुक्त ढंगले अघि बढ्ने विश्वास छ।
सबै BCC Kent परिवार, गुरुज्यू तथा BCCUK गुम्बा परिवारप्रति आभार व्यक्त गर्दछौं जसले यो अवलोकन सफल र फलदायी बनायो।
हामी सबैको साझा प्रयासबाट BCC Kent गुम्बा निकट भविष्यमा एक नमूना बौद्ध सांस्कृतिक स्थल बन्नेछ।

Author: उपाध्यक्ष रक्षा तामाङ
🙏 धन्यवाद