BCC Kent UK

BCC Kent UK has purchased a new Gonpa property

बि सि सि केन्ट (बौद्ध सामुदायिक केन्द्र केन्ट) ले गएको सन २३ जुन २०२२ तारिकको दिन आश्फोर्ड केन्टको मुटुमा रहेको कार पार्किङ सहितको एक भवन खरिद गर्न सफल भएको छ। यो भवन अक्सनमा पास फर्च बाहेक £६२१,०००/- (छ लाख एक्काईस हज़ार मात्र) पर्न गएको छ।

यस निजि भवनलाई बि सि सि केन्ट (गुम्बा) को नाममा पास गरिएको छ। बैंधानिकताको लागि सातजना मेम्बर्स अफ बोर्ड एफ ट्रष्टिजले आफ्नो फोटो परिचय र ठेगाना सहितको दस्तावेज प्रस्तुत गरेर हस्ताक्षर गर्नु भएको छ।

कार्यसमितिको अगुवाईमा धर्म गुरु श्रदेय लोपोन निमा सॉङ्पो द्वारा पबित्र “सा-लाङ” पुजा (स्थानिय सिने-भुमे, नाग-नगिनि इत्यादिलाई पबित्र कार्यको लागि भूमि अनुरोध) शुक्रवार २३ जुन २०२२ का दिन केक काटि हर्षोल्लासको साथ सम्पन्न गरियो।
यस निजि प्रयोजनको लागि प्रयोग गरिने भवनलाई धार्मिक स्थलमा परिणत गरि पाउं भनि आवेदन गरिएको छ र स्वीकृति पर्खाईमा छौ। बेलायतको कानुन अनुसार स्वीकृति बिना कुनै कार्य गर्न पाउँदैन, यद्यपि, बिना स्वीकृति गरिएमा ठुलो जरिमाना साथै प्रयोजन रद्द गरिने प्रावधान पनि छ।

श्रदेय लोपोन निमा सॉङ्पो गुरुलाई हाम्रो गुम्बाको धार्मिक नाम राखि दिनको लागि उहाँहरुको गुरु नाम्ड्रोलिङ गोन्पाका प्रमुख गुरु परम पावन खेनटुल ग्याङख्याङ रिन्पोछे गुरुलाई अनुरोध चढाउँन लगाएको थियौ र उहॉले सहर्ष स्वीकार गरि ध्यान साधना बाट “पाल्रि लिङ” दिनु भएको छ। यसको अर्थ गुरु रिन्पोछेको दरबार हुन्छ र यसले धर्म दशै दिशामा फैलाई धर्म सेवा प्रदान गर्ने छ भनिएको छ।

त्यसैले स्वीकृत नभए सम्म आदर्निय केहि स्वयं-सेवकहरुले श्रमदान शान्त वातावरणमा थोरै ब्यक्तिहरुको उपस्थितिमा वरिपरिका झार-जंगल काटान गरि साफ़-सफ़ाई गरेका छन।

यस भवन खरिदको सम्पूर्ण रकम अठ्ठाईस दिन भित्र बुझाई सक्नु पर्ने थियो। क़रीब दुईलाख पाउंडको अपुग थियो तर देश-बिदेशमा हुनु भएका आदर्निय सम्पूर्ण धर्म प्रेमी आमा-बुबा, दाजु-भाई, दिदि-बहिनिहरुको अतुलनीय साथ, सहयोग र योगदानको कारण सत्रदिन भित्र उठाउन सफल भएको थियौ।

प्रयोजन स्वीकृतिको पर्खाईमा रहि रहेको समयलाई सदुपयोग गरि दक्ष बिल्डिङ कन्सल्टेंसीको परामर्श लिई रहेको छौ। उहाँहरुले भवनको नक्सामा तिन प्रकारका प्रस्तुत गर्नु भएको छ। उक्त नक्साहरु सिर्स पदाधिकारी ज्यूहरु र बोर्ड अफ ट्रष्टि ज्यूहरु संग दुई चरणमा बैठक बसेको छौ। र फेरि बिल्डिङ कन्सल्टेंसी को मा फिर्ता पठाएको छौ। अब केहि दिन भित्र गुम्बा भवनको नक्सा तयार भएर आउने आशा गरेको छौ।

कार्य समितिको त्रिकोण निति भनेको “खुल्ला वा साझा, ईमानदारीता र पारदर्शिता” मा रहेर काम गर्ने हो। र सबैजनाले चाहानु भएको एक सुन्दर गुम्बा निर्माणमा भरपुर लागी पर्नेछौ।
भवतु सर्ब मंगलम्

Leave a Comment

Your email address will not be published. Required fields are marked *