BCC Kent UK

Fundraising Charity Dinner in aid of Gumba project

बेलायत, बुद्धिस्ट कम्यूनिटी सेन्टर केन्टको धमाका च्यारिटी डिनर
(23 April, Sujan Tamang)

22 अप्रिल 2023, बुद्धिस्ट कम्यूनिटी सेन्टर केन्टले आयोजना गरेको च्यारिटी डिनर कार्यक्रम अत्यन्तै सफलता पुर्वक सम्पन्न भएको छ् । हकिन्ज कम्यूनिटी हलमा गरेको उक्त कार्यक्रममा, विविध धार्मिक र सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई बुद्धिस्ट गुरु खेन्पो दावा तेन्जी ज्युको हातबाट दिप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो। कार्यक्रमले बोकेको उदेश्य र लक्ष्य प्राप्त होस् भन्ने हेतुले, गुरु द्वारा भगवान बुद्दलाई प्राथर्न गर्नु हुँदै कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बिसिसि केन्ट यु के को वर्तमान अध्यक्ष श्री रनधोज गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । २०१५ बाट गुम्बा बनाउने प्रकिया निरन्तर द्रुत गतिमा अगाडि बढी रहेको कुरा व्यक्त गर्नुभयो। वहाँले उपस्थिति सम्पूर्ण महानुभवहरुलाई स्वागत गर्नुहुँदै गुम्बा खरिदका क्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुलाई विषेश धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सांस्किर्तिक कार्यक्रमको सहसंयोजक मन्जु तामाङको नेत्रित्वमा स्थानिय बालकलाकारको समुहले बुद्ध भजन अन्तर्गत आर्य अवलोकितेश्वर मंन्त्र, नमोरत्नाय वाचन गर्नुभएको थियो ।
संस्थाका सचिव कविराज घिसिङ तामाङले पावर पोइन्ट प्रिजेन्टेसन गर्नुहुँदै, संस्थाले हालसालै खरिद गरिएको भवनलाई कसरी गुम्बाको ढाँचामा परिवर्तन गराउने र गुम्बाले प्रदान गर्ने सेवा र सुविधाको बिषयमा प्रस्ट पार्नु भएको थियो। भगवान बुद्ध भन्नाले सिद्धाह गौतमहालाई मात्रा सम्झिनु हुँदैन, वहाँ भन्दा अगावै तीनवटा महामानव रुपी बुद्ध भगवानहरुले यस धर्तिमा जन्म लिनुभएको र मानव उन्मुक्तीका लागि काम गरिसकेको तथ्यहरु बौद्ध धार्मिक ग्रन्थमा सजिलै पाइने कुराको जानकारी स्वरुप जिकीर गर्नुभएको थियो। वहाँले गुम्बा खरिदको प्रक्रिया, खर्च र बजेटको बिषयमा अत्यन्तै सरल तरिकाले प्रस्तुत गर्नु भएको थियो। नेपाल सरकारको करीव २५० वर्षको बुद्ध धर्म माथिको ज़्यादती पश्चात पनि, आज अंग्रेज भुमिलाई कर्मथलो बनाएर, भगवान बुद्धको शान्ती र सद्भभावको सन्देश फैलाउन पाउनुले गर्व महसुस गरेको कुरा सचिव तामाङले बताउनु भएको थियो।
कार्यक्रमको प्रमुख अतिथी खेन्पो दावा तेन्जी ज्युले आफ्नो मन्तव्य राख्नुहुँदै, परदेशी भुमिमा नेपालीहरुको एकता देखेर आफु ज्यादै खुशी भएको कुरा व्यक्त गर्नु भएको थियो। बिसिसि केन्टको गुम्बा निर्माण कार्यमा आफु हमेशा साथ सहयोग दिने कुराको वाचा समेत गर्नुभएको थियो।
शान्ती तामाङले संचालन गरेको सास्कृतिक कार्यक्रममा “कते छ्यावा जोवन ङला” भन्ने गीतको वोलमा स्थानिय कलाकार प्रेरेणा गुरुङले धमाकेदार प्रस्तुती राख्नु भएको थियो । त्यसैगरी चर्चित बाल कलाकार जिनत तामाङ र आर्जेन तामाङले “म त लाहुरे गोर्खा पल्टनको” भन्ने गीतको बोलमा वेजोडको निर्त्य प्रस्तुती गर्नुभएको थियो। यसैगरी स्थानिय प्रख्यात तामाङ् सेलो कलाकार, जिना तामाङ् र जेबिन तामाङ्को सेलो निर्त्यले वाहावाही बटुल्न सफल हुनु भएको थियो ।चर्चित गुरुङ कलाकार रच्छे गुरुङ र जिता गुरुङले “ङला ङोल्स्यो” भन्ने गीतमा अत्यन्तै उत्कृष्ट नाच प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा शेर्पा कलाकारहरु बाट शेर्पा भाषाको उत्कृष्ट निर्त्य प्रस्तुत गर्नुभएको थियो। सांस्कृतिक कार्यक्रमको सयोंजन बिसिसि केन्टको भाईस प्रेसिडेन्ट रक्षे बहादुर तामाङ र मन्जु तामाङ्ले गर्नु भएको थियो ।
कार्यक्रमलाई थप रोचक बनाउन मास्टर इस्ट तामाङ्ले राफल ड्र सन्चालन गरी भरपुर मनरोन्जन दिलाउन सफल हुनुभएको थियो ।
यसैगरी नेपाल बाट आएका कलाकार पिर्थिबी गुरुङलाई बि सि सि केन्टद्वारा सम्मान गरिएको थियो। कलाकार गुरुङले सम्मान पस्चात संस्थालाई धन्यवाद व्यक्त गर्नुहुँदै चर्चित सालै जो गीत गाएर मनरोन्जन प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको अन्तिम कोसेली स्वरुप, होईशेर तामाङ्को प्रंज्ना नामक समुह ले अत्यन्तै उत्कृष्ट लाईभ ब्यान्डको प्रस्तुती पस्किएर सबैलाई नचाऊन सफल हुनुभएको थियो ।
उक्त कार्यक्रममा विषेश अतिथिको रुपमा बुद्धिस्ट कम्यूनिटी रेडीङका वर्तमान अध्यक्ष खेम बहादुर गुरुङ, डायमंड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङ, गोर्खा पिस फ़ाउन्डेशनका अध्यक्ष भिम तुम्बाहाम्फे, सगरमाथा कम्यूनिटीको निवर्तमान अध्यक्ष भाष्कर तितुङ तामाङ्, गुरुङ सोसाइटी केन्टका अध्यक्ष डोलबहादुर गुरुङ लगयात बिभिन्न संघ संस्थाको प्रमुखहरुको उपस्थिति रहेको थियो।
च्यारिटी डिनर नाइटको संयोजक एवम बि सि सि केन्ट्को उपाध्यक्ष निम तेन्जी शेर्पाले उपस्थित सबैजना महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। वहाँले कार्यक्रमको अवधिभरी डी.जे गरेर सहयोग गर्नुहूने सुवर्ण ताम्राकार, यसैगरी मीठो भोजनको व्यस्थापक फूलमान तामाङ्, हल सजावटका व्यवस्थापक सुमित्रा तामाङ्, टिकटको व्यवस्थापक भीम गुरुङ, जलपानको व्यवस्थापक पेम दोर्जी शेर्पा, भिडियोग्राफि रिटायर्ड कर्णेल अमरराज थिङ, क्यामरामेन गोलमान गुरुङ र तेज बहादुर गुरुङ लगायत् सम्पूर्ण सहयोगी मनहरुलाई विषेश धन्यवाद व्यक्त गर्नुभयो। अन्त्यमा “बुद्धको वचन फैलाउनु छ, शान्तीको मार्ग पैलाउनु छ” भन्ने आफनो मीठो भनाई राखेर, कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको जानकारी गराउनु भयो।
भवतु सर्ब मंगलम्

Leave a Comment

Your email address will not be published. Required fields are marked *